उर्लाबारी । पूर्वी मोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टी टेक्निकल कलेजले भब्यताका साथ १३ औँ वार्षिक उत्सव मनाएको छ ।
उर्लाबारी वडा नं. ५ मा मुख्य कार्यालय रहेको सो कलेजले सांस्कृतिक कार्यक्रम तथा योग शिबिरको आयोजना गरी बार्षिक उत्सब मनाएको हो ।

उर्लाबारीका समाजसेबी जयधर्म आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गायन, नृत्यसहित योग प्रशिक्षण गराइएको थियो । योग शिविरमा अन्तराष्ट्रिय प्रशिक्षक रुद्रबहादुर तामाङ र गोपाल रिमालले सहजीकराण गर्नुभएको थियो । उक्त कलेजमा २ सय ५० भन्दा बढी विद्यार्थीहरुले कम्प्युटर कोर्ष, बिज्ञान विज कोर्ष, स्टाफ नर्सको तयारी कक्षा, अंग्रेजी भाषा कक्षा र जापनिज भाषा कक्षाको अध्ययन गरिरहेका छन् । हालसम्म १० हजारभन्दा बढीले यस कलेजमा अध्ययन गरिसकेका छन् ।

एभरेष्ट कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले प्रशासनिक सेवा, शैक्षिक सेवा, बैँक तथा बित्तिय क्षेत्र, विदेशमा समेत राम्रो काम पाएको कलेजका संस्थापक प्रिन्सिपल सुवन ढकालले जानकारी दिनुभयो । २०६६ सालमा स्थापित सो कलेजले आर्थिक रुपमा विपन्नहरुलाई निःशुल्कसमेत अध्ययन गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय