
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले दमकल खरिद गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाका संस्थापक मेयर दिलिपकुमार राईं नेतृत्वको परियोजनाअनुरुप खरिद प्रक्रियामा रहेको दमकल आज प्राप्त भएको हो ।
नेशनल फायर सेफ प्रा.लि. सूर्यविनायक भक्तपुरसँग नगरपालिकाले ५० लाख ४९ हजार रूपैयाँ मा खरिद गरिएको बताइएको छ । पथरीशनिश्चरे नगरपालिकामा वारूण यन्त्र ल्याईएसंगै मोरङको राजमार्गसँग जोडिएका सुन्दरहरैचा, बेलवारी, उर्लाबारी नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा दमकलको सेवा सञ्चालनमा हुँदै आएको छ ।