उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालयले करिब साढे तीन लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १३ जना विद्यार्थीलाई जम्मा ३ लाख ४६ हजार १ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वैजयन्ती मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेल, अतिथि सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई र विव्यस अध्यक्ष वैजयन्ती मिश्रले विद्यार्थीलाई छात्रवृत्ति वापतको चेक प्रदान गर्नुभयो ।
छात्रवृत्तिका लागि परीक्षा गराएर प्रत्येक कक्षाका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा आदित्य पौडेलले २० हजार, सैलेस दाहालले २० हजार ५ सय, सक्षम ढकालले २१ हजार ५ सय, नियोन राईले २२ हजार, रायन स्मरण पोखरेलले २२ हजार ५ सय, सलोन त्रितालले २७ हजार ५ सय, अनुस्का तिम्सिनाले २८ हजार ५ सयको चेक प्राप्त गर्नुभयो । यस्तै, क्रिष्टिना पौडेलले ३३ हजार, रुवेश न्यौपानेले ३४ हजार, रोश्नी तामाङले ३५ हजार ५ सय, सौराग्य अधिकारीले ३६ हजार ८ सय, सलिना त्रितालले २२ हजार १५० र सन्देश खतिवडाले २२ हजार १५० रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभयो । विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै प्रिन्सिपल भट्टराईले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढाइप्रति उत्प्रेरणा जागृत हुने बताउनुभयो । प्रमुख अतिथि प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेल, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, अभिभावकहरु विना लामिछाने, मिलन पोख्रेल, विद्यार्थी सौराग्य अधिकारीले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय