
उर्लाबारी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित नेकपा एमाले उर्लाबारी ९ मा मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरु गाउँको टोलटोलमा कोणसभा गरेको छ ।
लिखित आफ्नो एजेन्डा वा प्रतिबद्धता सुनाउदै स्थानीयको समस्या र जनगुनासो बुझ्न नगरवासी समक्ष पुगेका हुन । मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर मिना पौडेल लगायत वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्रकुमार सेर्मा वडा सदस्यहरु झक्कडराना मगर, इन्द्र बानियाँ, महिला सदस्य चम्पा तामाङ र दलित महिला सदस्य इन्द्रमाया दजी सहितको टिम चुनावी माहोल बनाउन गाउँको टोलटोलमा पुगेका हुन् । बिहान ७ बजेदेखि वडा नम्बर ९ को जोवाटो, सुक्रबारे, रानाटोल, असामेटोल, नेगिटोल, गाइघाट, महाराजथान, बोडरलाइन, भोटेपुल, कुलझोडा, वजिटोल, आम्बारी, छड्केटोल, लामाटोल र दुर्गापुरी स्थानहरूमा भोटमाग्दै कोणसभा कार्यक्रम आयोजना गरिएको हो ।
गाउँको टोलटोलमा भएको कोणसभामा उपस्थित वडावासीबाट यो पटक नेकपा एमालेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए । साशक हैन सेवक भएर नगर, वडा र वडाबनसीको हितमा आफ्नो कार्यकाल भरी काम गर्ने मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेलले प्रतिबद्धता व्यक्त गरेका थिए । निति, नियम र कानुनको पालना गर्दै वडावासी र वडाको विकासमा दत्तचित्त भएरलाग्ने वडाअध्यक्षका उम्मेदवार सुरेन्द्रकुमार सेर्माले बतनए ।
भोट अपिल संगै प्रचारप्रसार अभियानमा केन्द्रीय अनुशासन बिभाग सदस्य लक्ष्मीदेवि भण्डारी, नेकपा एमाले स्थायी कमिटी सदस्य डा।. शिवमाया तम्बाहम्फे, मोरङ जिल्ला अध्यक्ष ऋषिकेस पोख्रेल, जिल्ला सचिव रुपेश खतिवडा, नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गौतम, निर्वाचन परिचालन नगर संयोजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, डिल्ली आंपागाई, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, उर्लाबारी नगर अध्यक्ष गंगा बास्तोला र निर्वाचन परिचालन समिति संयोजक लगायतको उपस्थिति रहेको थियो । वडा नम्बर ९ मा मेयर, उपमेयर सहितको कार्यक्रम रहेको थियो भने वडा नम्बर ८ का उम्मेदवारहरुको घरदैलो कार्यक्रम हिडेका संग दुर्गापुरी बजारमा दुवै वडाको भेला भएर कोणसभा बृहत रुपमा भएको थियो ।