उर्लाबारी । उर्लाबारी नगरपालिकाले इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सरुवा हुनुभएको प्रहरी निरीक्षक राजाराम खड्कालाई विदाई गरेको छ । आज नगरपालिकामा एक कार्यक्रम गरी प्रहरी निरीक्षक खड्काको विदाई गरिएको हो ।
उर्लाबारी प्रहरीको नेतृत्व सम्हालेर एक वर्षसम्म बस्दा प्रहरी निरीक्षक खड्काले कुशल कार्य गरेको भन्दै मेयर खड्ग फागोले प्रशंसा गर्नुभयो । यो अवधिमा शान्ति सुरक्षा मजबुद भएकै कारण खासै अप्रिय घटना नभएको उहाँको भनाई थियो । यस्तै, उपमेयर लक्ष्मीदेवी भण्डारीले कुशल नेतृत्वकर्ताको जहाँ, जहिले पनि सम्मान हुने बताउँदै प्रहरी निरीक्षक खड्काले उर्लाबारीमा रहँदा गरेका कार्य स्मरणीय रहने काम गरेको बताउनुभयो । सो अवसरमा विदाई ग्रहण गर्दै प्रहरी निरीक्षक राजाराम खड्काले एक वर्षसम्म उर्लाबारीमा रहँदा यहाँका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख र जनताको साथ पाएको बताउनुभयो । मेयर फागोको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारीमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु, वडाध्यक्षहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय