झापा, झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ८ बजे पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बिर्तामोड-२ का २९ बर्षीय सम्यम बजगाईको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय