
पुजन दास
उर्लाबारी । उर्लाबारीको पहिलो निजी विद्यालय पशुपति आमाबिमा युकेबाट आएका प्रशिक्षक जोए रेन्सनले पाठ्यक्रम शिक्षण र लेखनका बारेमा प्रशिक्षण दिनुभएको छ ।
आज उर्लाबारी–७ स्थित सो विद्यालयमा प्रशिक्षक रेन्सनलले सिकाई र तालिमबाट शिक्षणमा सरलता, नयाँ प्राविधिको प्रयोग र प्रयोगात्मक कुरामा फाइदा हुने बताउनुभयो । सो अवसरमा युके र नेपाली टोनका बारेमा पनि चर्चा गरिएको थियो । मन्टेश्वरी कक्षादेखि २ कक्षासम्मका शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो । शिक्षकहरुको थप क्षमता विकास र विद्यार्थीहरुलाई समय अनुकुल प्रभावकारी शिक्षा प्रदान गर्न सकियोस् भन्ने हेतुले विदेशबाट प्रशिक्षक ल्याएर प्रशिक्षण दिएको प्रधानाध्यापक प्रेमप्रसाद सुबेदीले जानकारी दिनुभयो । इनगो कोसेली के.आइ.एस.सी. का बजार ब्यवस्थापक नरेन्द्र के.सी., विद्यालयका सञ्चालक आनन्द कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।