
उर्लाबारी । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन प्रेस युनियन मोरङका सदस्य किशोकुमार श्रेष्ठ एमालेमा प्रवेश गर्नुभएको छ ।
उर्लाबारी–६ का संचारकर्मी श्रेष्ठलाई एमाले नेता अग्नि भट्टराईलगायतले स्वागत गर्नुभयो । श्रेष्ठ वडा नं. ६ को सदस्यको उम्मेद्वार बन्न एमाले प्रवेश गर्नुभएको हो । एमाले स्रोतका अनुसार श्रेष्ठलाई वडा सदस्यको उम्मेद्वार बनाइनेछ । यसअघि श्रेष्ठले सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो । सोही वडामा संचारकर्मी घनश्याम भण्डारी एमालेबाट वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ ।