
उर्लाबारी । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालमा ५ जना मिडियाकर्मी प्रवेश गर्नुभएको छ ।
आज उर्लाबारीमा भएको पूर्वी मोरङ शाखाको बैठकबाटै डेली नेपालका सञ्चालक खेम देवान, पब्लिक आवाजका सञ्चालक विक्रम लिम्बू, अलमिक्सका सञ्चालक रमेश भण्डारी, गणेश श्रेष्ठ र डिटिभी नेपाल वानका सञ्चालक अभियान लिम्बू प्रेस सेन्टरमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशी, प्रेस सेन्टर नेपालका प्रदेश नं. १ का इन्चार्ज तथा पत्रकार महासंघ प्रदेश नं. १ का महासचिब विवेक गौतमलगायतले उनीहरुलाई स्वागत गर्नुभएको छ । बैठक पूर्वी शाखाका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको थियो ।