उर्लाबारी । नेकपा एमालेबाट मोरङको उर्लाबारी वडा नं. ४ मा ४ जनाकै वडाध्यक्षमा दाबी परेको छ ।
वडाबाट सर्वसम्मत नभएपछि नगरमा ४ जनाको नाम पुगेको जनाइएको छ । वर्तमान वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, सदस्य डोमनाथ खतिवडा, केदार खतिवडा र टिकाप्रसाद अधिकारीको वडाध्यक्षमा दाबी रहेको छ । चार जनामध्ये डोमनाथ खतिवडालाई वडाध्यक्षमा अघि बढाउनु पर्नेमा आवाज उठेको छ । सामाजिक, धार्मिकलगायत क्षेत्रमा योगदान पु¥याउनु भएका डोमनाथ खतिवडाकै वडाध्यक्षमा सम्भावना रहेको बताइएको छ । चार जनामध्ये को वडाध्यक्ष बन्ने भन्ने बारेमा अब नगरबाट टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय