उर्लाबारी । ऐतिहासिक क्षेत्र मधुमल्लाको पहिचानका लागि आगामी बैशाख २ गतेदेखि प्रथम मधुमल्ला गोल्ड कप २०७९ आयोजना हुने भएको छ ।
इष्ट स्टार स्र्पाेटिङ क्लब मधुमल्लाको आयोजनामा बैशाख २ गतेदेखि ९ गतेसम्म सो गोल्डकप हुने भएको हो । उद्घाटन खेलमा युके एफसी कसाङ्ग भारत र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुने अयोजक समितिका खेल संयोजक सागर लुईटेलले जानकारी दिनुभयो । प्रतियोगितामा जलथल एफसी झापा, पुलिस क्लब रानी, आयोजक इष्ट स्टार स्र्पाेटिङ क्लब मधुमल्ला, राष्ट्रिय जागृति फुबटल क्लब इहटरी, विजय युथ क्लब हेटौडा, चर्च ब्वाइज क्लब काठमाडौं,युके एफसी कसाङ्ग भारत र रोयल स्र्पोटिङ क्लब दमक रहने उहाँले बताउनुभयो । स्थानीय मनोहर जनता माबिको खेल मैदान हुने उक्त प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ सय ३३ रुपैयाँ र उपविजेतालाई १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष सुसन खड्काले जानकारी दिनुभयो । सो प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । सहयोगी दाताकै भरमा ऐतिहासिक गोल्डकप आयोजना गर्न लागिएको उहाँको भनाई छ । प्रतियोगिता भर ३५ हजार भन्दा बढी दर्शकले खेल हेर्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय