
उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ को नमूना चौकमा शान्ता आले मगरको अध्यक्षतामा टोल कमिटी गठन भएको छ ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य ममता राजवंशीको प्रमुख आतिथ्यतामा भएको टोल भेलाले सचिबमा सुनिता साहलाई चयन गरेको हो । उर्लाबारी वडा नं. ७ का अध्यक्ष बुलन पासवानको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्रका उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगाल, सचिब पवन चौधरी, सह–सचिब दिपक आले मगर, वडा इन्चार्ज यामलाल रसाईली, शिला भट्टराईलगायतको सहभागिता रहेको थियो ।