उर्लाबारी । नेपाल विद्यार्थी संघको उर्लाबारी नगर तदर्थ समितिको सभापतिमा विवेक कार्की चयन हुनु भएको छ । बुधबार उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भातृ संघको तदर्थ समिति गठन भएको हो । समितिको उपसभापतिमा देवेन्द्र खड्का र सचिवमा अर्विन घिमिरे चयन हुनुभएको छ । नेविसंघको थप समिति पछि मनोनयन गरिने जनाइएको छ ।
नव गठित समितिलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागो, प्रदेश १ का सदस्य अर्जुन तुम्रोक, महाधिवेशन प्रतिनिधि देवराज चाम्लिङ, विजयकुमार कार्की, सीता कार्की, शोभा चेम्जोङ पालुङवा, प्रदेश १ (क) सभापति नरबहादुर मोक्तान, जिल्ला सदस्य वीरबल थापा, शोभितमाया तामाङ, नगर सभापति सुरेन्द्र लिम्बुलगायतले बधाई तथा शुभकामना दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय