
उर्लाबारी । नेपाल तरुण दल उर्लाबारी नगर समितिको सभापतिमा योगराज फागो सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भातृ संघ तरुण दल उर्लाबारीको तदर्थ समिति गठन भएको हो ।
उपसभापतिमा अमृत सुब्बा, प्रभु दिलुङ्छा राई र विक्रम चापागाई, सचिवमा सुरेन्द्र शर्मा र पंकज कस्याप, सहसचिवमा सन्नि साह र दिवस गहतराज रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा बिक्रम दाहाल, दिपक महतो, बिक्रम पौद्दार, बाबुराम भण्डारी, दिनेश घिमिरे, प्रबिण बस्नेत, राजकुमार ओली, प्रदिप धिमाल, भगी लिम्बू, ओम धिमाल, श्याम धिमाल, किरण तिम्सिना, सुनिल जिमी, राजेश निरौला, चन्द्र राई, रोमन दनुवार, संगीता धिमाल, दिलिप गुप्ता, प्रयास घले, निर्मला निरौला ढुंगाना, कृष्ण वाइवा, निमा तामाङ र चित्र थापा रहनुभएको छ । तरुण दल उर्लाबारीका सभापति रोहित कार्कीको सभापतित्व एबं सचिब राजन रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो रहनुभएको थियो । सोही अवसरमा सुजन मगरसहित तीन दर्जन युवाहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।