
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनको शिलान्यास गरिको छ । बुधबार वडा नम्बर ८ जरूवापानीमा उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी र वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले शिलान्यास गर्नु भएको हो । वडा कार्यालय निर्माणका लागि वडा नम्बर ८ का स्थानीयबासीले करिब १ करोड बराबरको १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका हुन् । स्थानीय कृणप्रसाद दाहाल, पुष्टबहादुर डागी, नैरसिंह मगर, मानबहादुर धिमाल, बुद्धिप्रसाद भट्टराई, मोहन देबी भट्टराई, शम्भुप्रसाद भट्टराई, रामचन्द्र निरौला, शिवप्रसाद निरौला, भरत कुमार बस्नेत, इश्वरीप्रसाद भट्टराई, नवराज भट्टराई, निलप्रसाद गौतम, डिल्लीराम न्यौपाने र गोबिन्द भट्टराईले निशुल्क जग्गा उपलब्ध गराउनु भएको छ ।