
उर्लाबारी । स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारले घोषणा गरेको छ । सो घोषणासँगै राजनीतिक दलहरुको सक्रियता बढेको छ । यसैक्रममा राप्रपाले पनि उर्लाबारीमा ब्यापक गतिबिधि बढाएको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलका युवा राप्रपाले उर्लाबारीमा भित्र्याइसकेको छ । राप्रपाले पनि उर्लाबारीमा मेयर, उपमेयरसहित सबै वडामा उम्मेद्वार उठाउने बताएको छ ।
उर्लाबारी वडा नं. ७ का दिनेश श्रेष्ठले राप्रपाबाट वडाध्यक्षको उम्मेद्वार बन्ने जमर्को गर्नुभएको छ । पार्टीले विश्वास गरेर उम्मेद्वार भएको खण्डमा वडाबासीहरुको साथ र सहयोगले चुनाब जित्ने उहाँको लक्ष्य छ । मुख्य दलबाट जनताको आशा र अपेक्षा पूरा हुन नसकेकाले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने उहाँको विश्वास छ । राप्रपाको युवा संगठन राष्ट्रिय युवक संगठनका उर्लाबारी नगर उपाध्यक्षसमेत रहनु भएका श्रेष्ठ सामाजिक सेवा, खेलकुद, ब्यवसायलगायत क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँले भन्ने भयो–‘राजनीतिलाई पेशा बनाए, अब यसको सुद्धिकरणका लागि सक्रिय राजनीतिमा आएको छ्ु, आशा छ सबैको साथ पाउनेछु ।’ उर्लाबारी क्लबको अध्यक्ष भएर उहाँले सामाजिक सेवा, सांगितिक कार्यक्रमलगायतका काम गर्नुभएको छ । ‘पटक पटक अरुलाई हेरियो, अब आफैं अग्रसर भइएको छ’ उहाँले भन्नुभयो–‘पार्टीले पत्यायो भने वडाध्यक्षको उम्मेद्वार बन्छु ।’