विपी भट्टराई
मिक्लाजुङ । मिक्लाजुङ क्षेत्रमा परिचित नाम हो, सन्तोष खम्बु । नेकपा एमाले मिक्लाजुङको युवा नेताको छबी बनाउन सफल बन्नु भएका खम्बू बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिक्लाजुङ वडा नं. ४ को वडाध्यक्ष बन्ने ध्यानमा हुनुहुन्छ ।
नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालको मिक्लाजुङ अध्यक्षसमेत रहनु भएका खम्बूलाई अब वडाध्यक्ष बनेर जनताको सुखदुखको सारथी बन्ने इच्छा छ । युवाहरु अब जनताको प्रतिनिधि भएर सेवामा जुट्ने बेला आइसकेको उहाँको भनाई छ । नेकपा एमालेले आफुलाई वडाध्यक्षको उम्मेद्वार बनाउनेमा खम्बू ढुक्क हुनुहुन्छ । पार्टीलाई चलयमान बनाउन महत्वपूर्ण भूमिका मानिने युवाकै नेतृत्वमा रहेका खम्बूलाई नै उम्मेद्वार बनाउनु पर्नेमा स्थानीय युवाहरुको जोड छ । स्थानीय युवा मिलन देवान भन्नुहुन्छ–‘अबको जनप्रतिनिधिहरुमा युवाहरुलाई प्राथमिकता दिनुपर्छ, वडा नं. ४ मा सन्तोष खम्बूको विकल्प छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय