
उर्लाबारी । जनता समाजवादी पार्टीले उर्लाबारी वडा नं. २ मा नगरअध्यक्ष मात्रिका धिमाललाई उम्मेद्वारी बनाउने घोषणा गरेसँगै घरदैलो अभियान सुरु गर्नुभएको छ ।
जनताका घरदैलोमा पुगेर मात्रिकाले भोट माग्न सुरु गर्नुभएको हो । जसपाले यस पटक वडा नं. २ मा वडाध्यक्ष जित्ने गरी तयारी थालेको जनाएको छ । प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादबकै उपस्थितिमा मात्रिकालाई वडाध्यक्षको उम्मेद्वार घोषणा गरेसँगै वडा नं. २ को चुनाबी सरगर्मी बढेको छ । अन्य पार्टीलाई उम्मेद्वारतय गर्न सकस परिरहेको छ ।