
कृष्ण घिमिरे/ मोरङ
स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा रतुवामाइ नगरपालिकामा पनि भावी उमेदवारहरुको चर्चा परिचर्चा सुरु हुन थालेको छ , नगरमा मुख्यत काङ्ग्रेस एमालेनै प्रतिस्पर्धी रहेका छ्न काङ्ग्रेसबाट मेयरमा रबिन राई ,जीवन पनेरु, खड्ग चोङ्बाङ्ग चर्चामा आएसगै एमालेबाट भने गोपि चापागाइ , मेघराज कट्टेल ,दुर्गा विष्टको नाम चर्चामा आएका थिए तर चुनाव नजिकै गर्दा सधै ओझेलमा पर्दै आएका अर्का एमालेका खरो, साहासि नेता देविप्रसाद दाहालको पनि चर्चा चल्न थालेको छ ।
साहासी , खरो स्वाभावका दाहाल काङ्ग्रेससग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र उम्मेद्बार रहेको एमाले कार्यकर्ता बताउछ्न ।
दाहालको सामान्य जीवन शैलीको कारणले जनताको पहुच जनप्रतिनिधिसग सजिलै पुग्ने विस्लेशक बताउछ्न ।
स्थानियबासीको घर ,आगनमा रमाउदै ,स्थानीयको दुख ,पिडा ,समस्यामा साथ ,सहयोग दिदै आएका दाहाललाइ रतुवामाइमा चर्चित अनुहारको रुपमा लिइने गरिन्छ ।
एमालेमा दाहालले बिगत पार्टी भूमिगत अवस्थामा रहदा देखि हाल सम्म बिचल्लित नभई निरन्तर रुपमा सक्रिय राजनीति गर्दै आउनु भएको छ ।
२०३२ साल देखि हाल २०७८ साल सम्म ४६ वर्षको लामो राजनीतिक अनुभव र राजनीति मार्फत समाजमा लामो समय देखि योगदान गर्दै आएका दाहाललाई नै एमालेले रतुवामाइ नगरमा मेयरको टिकट दिनुपर्ने एमालेका अधिकाँश कार्यकर्ताको माग रहेको स्रोत बताउछ ।
पार्टी भूमिगत रहदादेखि नै केन्द्रिय नेतासग संगत रहेको तर उहाँ लपन छ्पन नजान्ने र यथार्थमा निढर हुने हुदा हालसम्म स्थानीय नेता कै रुपमा रहन पुगेका दाहाललाई
एमालेमा पछाडि परेका कार्यकर्ताको रुपमा हेर्ने गरिन्छ ।
उनले रतुवामाइ १० को सातमेडीमा अवस्थित हिमालय निम्न माद्यामिक बिद्यालयको स्थापनामा सहयोगी भूमिका निर्वाह समेत गरेका थिए ।
दाहालले जननेता मदन भण्डारीसंग पार्टीका विचार ,सिद्धान्त सिक्ने अवसर नि प्राप्त गरेका थिए भने २०३५ सालमा नेकपा माले स्थापना हुदा स्वयम् सेवक को भूमिका निर्वाह समेत गरिसकेका छ्न ।
बिगतमा सुनवर्शि नगरपालिकामा रहेको अमरदहमा रहेको साझा संस्था तोडेर गरिब किसान मजदुरलाइ खाद्यान्न वितरणमा प्रत्यक्ष्य सामेल भएका दाहाललाई साहसि एमाले नेताको रुपमा चिन्ने गरिन्छ ।
पार्टी फुटको बेला नेकपा एमाले रतुवामाई नगर कमिटिको नेतृत्व समाल्दै पार्टी संगठनको बिस्तार गर्दै पार्टीलाइ स्थानीय निकायको निर्वाचनमा जितको सम्भावना तर्फ उन्मुख गराउन सगठ्न बिस्तार,निमार्ण गर्दै हालसम्म अथक परिश्रम गर्दै आएका दाहाल अविचलित रुपमा लगनसिलता, जोश जागर इमान्दारिताको राजनीति गर्दै नेकपा एमाले रतुवामाई नगर अध्यक्षको जिम्मेवारी निर्वाह गरेका कारण पनि दाहाल मेयरको दाबेदार रहेकाले एमालेले रतुवामाइको मेयरको टिकटमा उचित मुल्यांकन गर्नुपर्ने देखिन्छ ।