उर्लाबारी, सञ्चार क्लब नेपाल, उर्लाबारीले आज नमुना  बाल गृहमा रहेका  बालबालिकाहरुसँग होली पर्व मनाएको छ । क्लबले वर्षेनी उर्लाबारी ७ स्थित नमुना बाल गृहमा रहेका बालबालिकाहरुसँग होली पर्व मनाउँदै आएको छ ।
आज बिहान एक कार्यक्रमको आयोजना गरी सद्भावको पर्व होली एक आपसमा रङ दलेर उत्साहका साथ मनाइएयो । उर्लाबारी ७ का वडाध्यक्ष वीरवल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरभित्र रहेका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एक आपसमा रङ दलेर शुभकामना आदानप्रदान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि थापासहित गृहकी अध्यक्ष मिना बराल, सञ्चार क्लबका पूर्व अध्यक्ष घनश्याम भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष नवराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन क्लबका महासचिव विजय धिमालले गरेका थिए । कार्यक्रममा सञ्चार क्लबका पूर्वअध्यक्षहरु केदार चौहान, सरोज बस्नेत, समाजसेवी जयधर्म आचार्य, उर्लाबारी सहकारी सञ्जालकी अध्यक्ष सीता कार्की, वडा सदस्य शोभितमाया तामाङलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय