
उर्लाबारी । प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखा उर्लाबारीकी सदस्य सम्झना राईसहित ११ जना छुट्नु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा चैत्र १ गते संचारकर्मी राईलाई प्रहरीले पक्राउ गरेको थियो । संचारकर्मी राईसहित ११ जनालाई जनही २ हजार ५ सय धरौटीमा रिहा गरेको छ । राई उर्लाबारीबाट सञ्चालन भइरहेको पूर्वी कमाण्ड अनलाइनमा कार्यरत रहनु भएको थियो ।