पथरी । पथरी बहुमुखी क्याम्पसको संचालक परिषद सदस्यको निर्वाचनमा राम कुमार वस्नेत विजयी भएका छन् । वस्नेतले प्रतिद्वन्दी दिपक बस्नेतलाई ३८ मतले पछि पार्दै अध्यक्षमा विजयी बनेका हुन् । कुल २७१ मत खसेकोमा विजयी बनेका बस्नेतले १५२ मत प्राप्त गरे भने पराजित बस्नेतलाई ११४ मत प्राप्त भएको छ ।
यस्तै समितीको उपाध्यक्षमा माधव प्रसाद कोइराला विजयी बनेका छन् । कोइरालाले नोवल किशोर खनाललाई ३४ मतले पराजित गरेका हुन् ।
क्याम्पस संचालक समितीको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल गरी ४ दलबाट संयुक्त उमेद्वारी रहेको थियो भने नेकपा एमालेबाट एक्लो उमेद्वारी रहेको थियो । अध्यक्षमा निर्वाचित बस्नेत नेकपा एमाले तर्फका उमेद्वार हुन् भने उपाध्यक्षमा निर्वाचित कोइराला गठबन्धनका उमेद्वार हुन् ।
यस्तै संचालक परिषद खुला सदस्यहरुमा उद्ववराज बस्नेत, उमानाथ अधिकारी, एकराज निरौला, कर्ण बहादुर विश्वकर्मा, खगेन्द्र प्रसाद लुइटेल, तेज बहादुर बुढाथोकी, प्रदिप कुमार राई र विजयजंग बस्नेत निर्वाचित भएका छन् ।
परिषदको महिला सदस्यहरुमा अरुणा राई, दुर्गा सुवेदी दंगाल, पार्वता भण्डारी विष्ट र वर्षा सुब्बा डाँगी विजयी बनेका छन् । समितिको लेखा संयोजकमा डिल्लीराज दाहाल निर्विरोध निर्वाचित बनेका छन् भने कमल भट्टराई र दुर्गा प्रसाद सिटौला लेखा सदस्यमा निर्वाचित बनेका छन् ।
निर्वाचित खुला सदस्यहरुमध्ये विजयजंग बस्नेत गठबन्धन समुहका हुन् भने बाकि सम्पूर्ण सदस्यहरु नेकपा एमालेका तर्फबाट रहेका छन् । पथरी बहुमुखी क्याम्पसको यस निर्वाचनमा गठबन्धनका तर्फबाट उपाध्यक्ष र १ खुला सदस्य बाहेक सम्पूर्ण पदमा नेकपा एमालेले बाजी मारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय