उर्लाबारी । नेकपा एमाले उर्लाबारीले टोल कमिटी गठन तीव्रताका साथ अघि बढाइरहेको छ । आज नेकपा एमाले उर्लाबारी वडा नम्बर १ बालज्योति टोलमा टोल कमिटी गठन गरिएको छ । इच्छा बहादुर कार्कीको अध्यक्ष्यतामा ३७ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
टोल कमिटीको उपाध्यक्षमा हरिमाया मगर , सचिवमा रामकुमार देवान, उपसचिवमा बिना बुढाथोकी र पुर्णकुमार मगर रहनुभएको छ । यस्तै सदस्यहरुमा रामकुमार राई,भिमा लिम्बू, चक्रबहादुर कार्की, सपना दुलाल, प्रेमबहादुर थापा, लगायत रहनुभएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्लीप्रसाद खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेकपा एमाले उर्लाबारी वडा नम्बर १को अध्यक्ष श्यामबहादुर कटुवाल अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिब गौरिशंकर दाहालले सञ्चालन गर्नुभएको थियो। त्यस्तै आजै उर्लाबारी ७ मा अम्बिका प्रसाद गौतमको अध्यक्षतामा ३१ सदस्यीय गणेश मन्दिर टोल कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा रिता कार्की सचिव मनिष भट्टराई सहसचिव मन्जु मीरा श्रेष्ठ र निर्मल तिम्सिना सदस्यहरूमा शिखा घिमिरे, रिद्धिबहादुर काफ्ले, बिना कुमारी शर्मा, खड्ग सुवेदी, कमल निरौला, नेत्र तिम्सिना लगायत रहेका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ७ उत्प्रेरक समिति संयोजक उर्मिला थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ इन्चार्ज बिकाश बुढाथोकी, जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, ७ नम्बर वडा शाखा कमिटी अध्यक्ष योगेश बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। टोल कमिटी समायोजन समिति संयोजक प्रेम श्रेष्ठको अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै वडा नम्बर ७ मै रूद्रबहादुर कार्कीको अध्यक्षतामा ४१ सदस्यीय दुर्गा मन्दिर टोल कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विष्णु अधिकारी सचिव रबिन लुइँटेल सहसचिव डिकबहादुर दाहाल र सरस्वती तामाङ सदस्यहरुमा विक्रम कटुबाल, मनोज चौधरी, संगिता थापा, रन्जु तामाङ लगायत चयन भएका छन्। एमाले नेता प्रेम भण्डारीको प्रमुख आतिथ्यता, नेकपा एमाले नगरको सचिवालय सदस्य तथा संयोजन समिति संयोजक रुद्र बहादुर अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य उर्मिला थापा, एमाले नेता गंगा खरेलले निर्वाचित कमिटीलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय