
उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरप्रहरीलाई हेन्ड सेट वितरण गरेको छ ।
आज नगरपालिकाका मेयर खड्ग फागोले ५ थान हेन्ड सेट नगरप्रहरीलाई हस्तान्तरण गर्नुभएको हो । सूचना आदानप्रदान सहज होस् भन्ने हेतुले ५ थान हेन्ड सेट वितरण गरिएको मेयर फागोले जानकारी दिनुभयो । नगर प्रहरी इन्चार्ज याम कार्कीले नगरपालिकाले हेन्ड सेट दिएपछि सूचना आदानप्रदानमा सहज हुने अपेक्षा लिएको बताउनुभयो । उर्लाबारी क्षेत्रको सडक अतिक्रमण हटाउनेलगायत कार्यमा नगर प्रहरी खट्दै आएका छन् ।