
उर्लाबारी । प्रेस चौतारीको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङद्वारा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट पूर्वी कमाण्ड अनलाइनका सम्पादक घनश्याम भण्डारी पुरस्कृत हुनु भएको छ ।
आज विराटनगरमा आयोजित कार्यक्रममा सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्षसमेत रहनु भएका भण्डारीसहित नेत्र पी अधिकारी पनि पुरस्कृत हुनु भएको छ ।