
उर्लाबारी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, उर्लाबारी नगर कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ ।
रगत अभाव नहोस् भन्ने उदेश्यका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमबाट सो रगत संकलन भएको युवा संघका नगर अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय संगठन विभाग उपप्रमुख विजय डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।