विराटनगर, बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् ।
लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.- ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।
ADVERTISEMENT