लेटाङ । लेटाङ नगरपालिकाले १२ बर्ष माथिका बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ । लेटाङ नगरपालिकाका ४ वटा वडाहरु १,२,७ र ८ नं. वडामा मोर्डना खोप लगाईएको नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो ।
१२ बर्ष देखि माथि १८ बर्ष सम्मका बालबालिकाहरुलाई यो खोप लगाईने लेटाङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिने कुमार चौधरीले जानकारी दिनुभयो ।
लेटाङमा हाल १२ देखि १८ बर्ष समुहका ८६० जना लाई खोप लगाईएको छ ।
खोपको नगरप्रमुख शंकर राई, शिक्षा शाखा प्रमुख कृष्णराज राई, स्वास्थ शाखा प्रमुख दिनेश चौधरीले अनुगमन गरि आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर