उर्लाबारी । यु युथ्स अफ उर्लाबारीको अध्यक्षमा रोशन घिमिरे सर्वसम्मत चयन हुनु भएको छ । आज सम्पन्न संस्थाको दोस्रो चुनावी साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि घिमिरे सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा सुरेन्द्र शर्मा, सचिवमा किसन अटल, सहसचिवमा प्रियंका ठटाल र कोषाध्यक्षमा हेमन्त गजमेर रहनु भएको छ । सदस्यहरुमा लक्ष्मण दाहाल, नवीन कट्वाल, सनम श्रेष्ठ, अजय गौतम, सविन श्रेष्ठ र सागर गजमेर रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय