बेतिनी सामुदायिक वन उपभोक्ता समूह
उर्लाबारी–२, मोरङ
१९ औं बार्षिक तथा छैठौं चुनाबी साधारणसभामा म कृष्णराज गिरीले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको सम्पूर्ण उपभोक्ताहरुमा जानकारी गराउँदै तपाईहरुले आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन हार्दिक अनुरोध छ ।
मेरो प्रतिबद्धताहरुः
१. संस्थाका सम्पूर्ण कारोबारहरुको दोहोरो लेखा प्रणालीअनुसार हिसाब किताब राख्ने ब्यवस्था मिलाउनेछु ।
२. संस्थाले गर्ने हरेक खर्च कार्यसमितिको बैठकबाट निर्णय गरेर मात्र गर्नेछु । साथै खर्चको भुक्तानी ३ हजारभन्दा माथी चेकमार्फत गरिनेछ ।
३. कर्मचारीहरुको तलब भत्ता भुक्तानी गर्दा सम्बन्धित कर्मचारीको बैंक खातामार्फत दिने ब्यवस्था मिलाउनेछु ।
४. संस्थाको आर्थिक कारोबारको सम्पूर्ण हिसाब चुस्त दुरुस्त, पारदर्शी राख्ने ब्यवस्था मिलाउनेछु । साथै, उपभोक्ताहरुले जुनसुकै बेला पनि आफ्नो संस्थाको हरहिसाब हेर्न सक्ने ब्यवस्था पनि मिलाउनेछु ।
५.सामुदायिक वनतर्फको आम्दानी÷खर्च र सिमसारतर्फको आम्दानी÷खर्चलाई छुट्टाछुट्टै ब्यवस्थित रुपमा राख्ने ब्यवस्था मिलाउनेछु ।
६. संस्थाको कोष बृद्धि गर्न सामुदायिक वन र सिमसारको आम्दानी मात्र नभई बाह्य स्रोत जुटाउन पहल गर्नेछु ।
७. संस्थाको कोषलाई मजबुद र सबै उपभोक्ताको हितमा काम गर्नेछु ।
८. मृतक राहत कोष र बिपत व्यवस्थापन कोषको ब्यवस्था मिलाउनेछु ।
९. विपन्न उपभोक्ताहरुको जीवन स्तर सुधार, सामाजिक गतिबिधि, विकास निर्माण, वन संरक्षण, पर्यटकीय स्थलको थप विकासका लागि पहल गर्नेछु ।
१०. उत्पादित वन पैदावर स्रोतहरु उपभोक्ताहरुलाई न्यायोचित वितरण गर्ने ब्यवस्था मिलाउन पहल गर्नेछु ।
यी माथीका प्रतिबद्धताहरुको साथै बेतिनी सामुदायिक वन र सिमसार क्षेत्रको संरक्षण तथा विकासमा सदैब क्रियाशिल रहने कुरा पनि सम्पूर्ण उपभोक्ताहरुमा अवगत गराउन चाहान्छु । चुनाब ताका प्रतिबद्धतामात्र होइन उपभोक्ताहरुलाई अनुभूति हुने गरी काम गर्ने कुरा पनि राख्न चाहन्छु ।
धन्यवाद, जय बेतिनी सामुदायिक वन । ADVT.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय