
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ की कमला श्रेष्ठको मृत्यु भएको छ ।
केही समयदेखि बिरामी रहनु भएकी श्रेष्ठको आज मृत्यु भएको हो । मागेर जीवन चलाउँदै आउनु भएकी श्रेष्ठ शारीरिक रुपमा अशक्त हुनुहुन्थ्यो । आज सुनझोडा जंगलमा उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, वडा सदस्य निरोज तिम्सिनालगायतको उपस्थितिमा अन्तेष्टी गरियो । यसअघि श्रेष्ठका श्रीमान कमल श्रेष्ठको २ बर्ष अघि मृत्यु भएको थियो ।