बिपी भट्टराई, मंगलबारे । भीमबहादुर राई बेतिनी सामुदायिक वन उपभोक्ता समूहको वर्तमान अध्यक्ष हुनुहुन्छ । अध्यक्ष राई निरन्तर वन संरक्षण, उपभोक्ताहरुको हकहितको साथै पर्यटकीय स्थल बेतिनी सिमसारलाई बनाउन निरन्तर रुपमा खट्दै आउनु भएको छ ।
उपभोक्ताहरुको भावना अनुसार राईले काम गर्दै आएको जानकारहरु बताउँछन् । अधुरा कामहरु पूरा गर्न एक पटक फेरि राई अध्यक्ष बन्ने तरखरमा हुनुहुन्छ । उपभोक्ताहरुको साथ र सहयोगले पुनः राई दोस्रो कार्यकालमा थप वन विकासका साथै उर्लाबारीकै आकर्षक पर्यटकीय क्षेत्र बेतिनी सिमसारलाई बनाउने योजनाका साथ अघि बढ्नु भएको छ । स्वार्थभन्दा माथी उठेर राईले उपभोक्ताहरुको हितमा काम गरेकाले पुनः एक पटक अध्यक्ष बनाउनु पर्नेमा अधिकांश उपभोक्ताहरुको जोड छ ।