उर्लाबारी । मोरङको उर्लाबारी–२ को बेतिनी सामुदायिक बन उपभोक्ता समूहको कोषाध्यक्षमा पदमा कृष्णराज गिरीले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
संस्थाको सर्वोत्तम हित र आर्थिक पारदर्शिताका लागि आफुले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेको गिरीले बताउनुभयो । सामुदायिक वनको माध्यमबाट आर्थिक अवस्था विपन्न रहेका उपभोक्ताहरुको जीवन सुधारका साथै बेतिनी सिमसारलाई थप पयर्टकीय केन्द्रका रुपमा विकसित बनाउने आफ्नो लक्ष्य रहेको गिरीले सुनाउनुभयो । उहाँले सबैका उपभोक्ताहरुको साथ र सहयोगले कोषाध्यक्षमा विजयी हुने अपेक्षा राख्नुभएको छ ।
ADVT.