मोरङ । मोरङ बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिका १ का ४५ वर्षीय असोक खवास रहेका छन् । आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भीर घाइते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।