अनिल,पुजन
उर्लाबारी । राजसंस्था पुनस्र्थापनाका लागि सकृय संगठन कफनका पूर्वाञ्चल डिभिजन प्रमुख बृजकिषोर ठाकुरले राजसंस्था पुनस्र्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
दमकमा भएको कार्यक्रममा बोल्दै ठाकुरले राजसंस्था पुनस्र्थापनको लागि तराई, पहाड र हिमालका जनता तयार रहन अपिल पनि गर्नुभयो । बिदेशी शक्तिको हस्तक्षेप र नेपाली राजनीतिक दलको बेइमानी र षड्यन्त्रको पर्दाफास भएकाले राजसंस्था पुनस्र्थापना बाहेक विकल्प नरहेको समेत उहाले उल्लेख गर्नुभएको छ । नेपालका विद्यमान परम्परागत देश भक्तिका केन्द्रहरु राजा, राष्ट्रिय सेना र स्वतन्त्र न्यापालिका तथा जातीय सद्भावलाई बिदेशी शक्तिले ध्वस्त गरी नेपालमा आफ्नो प्रभुत्व कायम गरिरहेकाले देश कब्जा गरी राजसंस्था पुनस्र्थापनामा लाग्नु पर्ने उहाँले जोड दिनुभयो ।
राजसंस्थालाई आधारभुत सिद्धान्त मान्दै दिगो विकासका लागि हालको सिस्टमलाई ध्वस्त गरि राजासहितको पूर्ण प्रजातान्त्रिक नयाँ संविधान लागू गरी राजसंस्था पुनस्र्थापना गर्न संगठित भएर बन्धु दिनेशराज पाडेको नेतृत्वमा २०७० साल देखि सकृय रहेको र आन्तरिक रुपामा समेत देशव्यापी अभियान चलाईरहेको ठाकुरले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा कफनका कोशी अञ्चल संयोजक गणेश दाहाल, मेची अञ्चल संयोजक लीला राई साथै अन्य पूर्वी जिल्ला संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय