लेटाङ । लेटाङ नगरपालिका पशु शाखाको आयोजनामा पशु शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
लेटाङका २,३,६ र ९ नं. वडामा ४ पटक सम्म शिविरको आयोजना गरि रोगी पशुपंक्षीको उपचार गरिएको हो । शिविरमाा नाम्ले, जुका साथै पशुपंक्षी सम्बन्धी अन्य रोगहरुको उपचार गरिएको पशु शाखा प्रमुख गणेश ओझाले जानकारी दिनुभयो ।
नगरपालिकाको पशुपंक्षी शाखाले हिजो देखि नगरले गाईबस्तुका लागि खोरेत चर्चरे भ्यागुते, बाख्रालाई पिपिआर , संगुरलाई स्वाईनफिवरको खोप निशुल्क दिन सुरु गरिएको समेत जानकारी दिनुभयो । गाउँ गाउँमा पुगेर रोग विरुद्धको खोप दिन सुरु गरिएको शाखा प्रमुख ओझाले जानकारी दिनुभयो । यो कार्यक्रम माघ सम्म संचालन हुने समेत उहाँले जानकारी दिनुभयो ।
आफ्ना पुशहरुलाई रोग विरुद्ध खोप लगाउनका लागि लेटाङ नगरपालिकाका पशुशाखा प्रमुख गणेश ओझालाई सोझै ९८२३४०४४४ मा सम्पर्क गर्न सकिने समेत बताउनुभयो ।
ADVERTISEMENT