उर्लाबारी । उर्लाबारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अध्यक्षमा २०२१ को भद्र सहमति अनुसार तारानाथ दाहाल हुनुभयो । अध्यक्षमा दाबी गर्ने सिताराम ओझा, नविन श्रेष्ठ र सन्दिप पौडेलले छोडेपछि सहमतिमा २०२२ को लागि दाहाल अध्यक्ष चुनिनु भएको हो । त्यस्तै, कार्यकारी उपाध्यक्षमा भीमप्रसाद घिमिरे र टिका भट्टराई सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, उपाध्यक्षमा पार्वती थापा, अजय गौतम, खेमराज मगर र देबेन्द्र खड्का चयन हुनु भएको निर्वाचन आयुक्त यज्ञ भण्डारी (यादब) ले जानकारी दिनुभयो । त्यस्तै, जनसम्पर्क अधिकारीमा साजन कुँवर चयन हुनु भएको उहाँले बताउनुभयो । अध्यक्ष पदमा भने अध्यक्षले मनोनित गर्ने ब्यवस्था रहेको छ ।
ADVERTISEMENT