उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले व्यवसायीहरुको सहजताका लागि संघको परिसरमै ढकतराजु चेकजाँच कार्यक्रम संचालन गरेको छ । नापतौल तथा गुणस्तर नियन्त्रण कार्यालय विराटनगरको टोलीले संघको कार्यालय परिसरमा हिजो र आज दुई दिन ढकतराजु चेकजाँच गरेको हो ।
उर्लाबारी उद्योग वाणिज्य संघले यहाँका व्यवसायीको सहजताका लागि प्रत्येक वर्ष ढकतराजु चेकजाँच कार्यक्रम संचालन गर्दै आएको छ । दुई दिने कार्यक्रमबाट उर्लाबारीका दुई सय ५० व्यवसायीले लाभ लिएको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । यसअघि उर्लाबारी उवासंघले पान नम्बर भएका व्यवसायीका लागि उर्लाबारीमै आय विवरण पेश गरी नविकरण गर्ने व्यवस्था गराएको थियो ।