उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले सहिद परिवारसँग भेटघाट थालेको छ । माओवादीको नयाँ नेतृत्वले घरघरमा पुगेर सहिद परिवारलाई भेटेको हो । उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगालसहितको टोलीले घरघरमा सहिद परिवारलाई भेटेर छलफलसमेत गरेको नगर सह–सचिब दिपक आले मगरले जानकारी दिनुभयो । पार्टीलाई सुदृढ र चलयमान बनाउन लागि परेको सहसचिब मगरको भनाई छ । सहिद परिवार, पूर्व लडाकुलगायतसँग निरन्तर छलफल चलाइने अध्यक्ष दंगालको भनाई छ ।
ADVERTISEMENT