उर्लाबारी । आर्थिक अभावका कारण उपचार नपाएका मोरङको मिक्लाजुङ–५ खोलिटारका ३५ बर्षीय सुवास राईलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको छ ।

स्थानीय शंकर बजगाईको नेतृत्वमा राईलाई उपचारका लागि लगिएको हो । शरिरैभरी मासुका डल्ला पलाएर कठिन तरिकाले जीवन विताउँदै आएका राईलाई विराटनगरसम्म निशुल्क उर्लाबारीका एम्बुलेन्स चालक उमेश श्रेष्ठले एम्बुलेन्समार्फत पु¥याउनु भएको छ । श्रेष्ठले यसअघि पनि विपन्न बिरामीहरुलाई अस्पतालसम्म निशुल्क पु¥याउँदै आउनु भएको छ । राईको उपचारका लागि हालसम्म १ लाख रुपैयाँ संकलन भएको अभियानका संयोजक शंकर बजगाईको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय