उर्लाबारी । मोरङको उर्लाबारी–७ का समाजसेबी भोलामान श्रेष्ठले दशैंको अवसरमा विपन्न परिवार र नमूना बाल गृहमा सहयोग गर्नुभएको छ ।
उहाँले उर्लाबारी वडा नं. ४ का दृष्टीविहीन होम बयलकोटी र अशक्त टेक भट्टराईलाई ५० केजी चामल, दाल, साबुन, चिनी, तेललगायत खाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यस्तै, उर्लाबारी–७ को नमूना बाल गृहमा पनि खाद्यान्य सहयोग गर्नुभयो ।
ADVERTISEMENT