मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले ५४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले ३१ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक सम्मान दिवसको अवसर पारेर ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
“सवै उमेर समुहको लागि विधुतिय प्रविधिको प्रयोगमा समानता” भन्ने नारका साथ आज देशभर ज्येष्ठ नागरिक दिवस मनाइदैछ । सोही अवसरमा उर्लाबारी नगरपालिकाले पनि वडा नम्वर १ देखी ९ नम्वर वडा सम्मका प्रत्येक वडा बाट ६ जनाका दरले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
ज्येष्ठ नागरिकहरुलाई नगर प्रमुख खड्ग बहादुर फागोले खादा र प्रतिव्याक्ति नगद २ हजार प्रदान गरेर सम्मान व्यक्त गर्नु भएको हो ।
नागरिक सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले ज्येष्ठ नागरिक जिउदो इतिहास भएका कारण उहाहरुलाई जुन सुकै हिसावले पनि सम्मान गर्नु पर्ने बताउनु भयो ।
सम्मान कार्यक्रममा नगरपालिकाकै सवै भन्दा पाको उमेरका २ जना ज्येष्ठ वडा नम्वर २ बाट १०३ वर्षका डिक माया बराल र धनमाया तामाङ वडा नम्वर ७ बाट १०० वर्ष उमेर पुग्नु भएका रत्न माया शाक्य रहनु भएको थियो ।