
उर्लाबारी । निजी तथा आवसिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर कार्य समिति उर्लाबारीको दोश्रो साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा दिनेश पोख्रेल चयन हुनुभएको छ ।
पोखरेल झारसादी बोर्डिङ स्कुलका प्रिन्सिपल हुनुहुन्छ । सात सदस्यीय कार्यसमितिको सचिवमा ओवल स्कुलका कुलप्रसाद नेउपाने कुबेर,कोषाध्यक्षमा पशुपति आमाविका आनन्द कार्की , सदस्यमा नेबुला स्कुलका गौरव राई, न्यू भिजन एकाडेमीका कमलराज गौतम , कुडोस स्कुलका सुर्य पौडेल र मोरङ मोडेल स्कुलका यादव भण्डारी चयन भएको निर्वाचन समिति प्रमुख लेखनाथ भट्टराईले जानकारी दिनुभयो। उर्लाबारीमा संचालित २४ वटाभन्दा बढी निजि बिद्यालयमा करिब ११ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन।