उर्लाबारी÷मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ २७ गते हुने भएको छ । संघको शनिबार बसेको बैठकले भदौ २६ गते वार्षिक साधारणसभा र २७ गते निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष प्रितम खड्गीले बताए ।
संघमा करिब २ हजार सदस्य रहेका छन् । आगामी कार्यकालका लागि अध्यक्षमा तारामान सेरेङ लिम्बू, शेरबहादुर भण्डारीलगायतको नाम चर्चामा छ । नेपाली का“ग्रेस निकट व्यवसायीको तर्फबाट लिम्बू र एमाले, एमाओवादी केन्द्र, राप्रपाको गठबन्धनबाट एमाले निकट व्यवसायी भण्डारी अध्यक्षको उम्मेद्वार बन्ने भएका छन् । दुवै समूहले केही दिनभित्रै प्यानल घोषणा गर्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय