उर्लाबारी । कोरोना भाइरसका कारण उर्लाबारी जोखिममा छ । हालसम्म कोरोनाका कारण ४८ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस रोकथामका लागि नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपाल उर्लाबारीले निरन्तर सेनिटाईज गर्ने अभियान नै चलाइरहेको छ । जसमा जिल्ला कमिटीले पनि सहजीकरण गरिरहेको छ । कोरोना संक्रमितको घरघरर्मो र सार्वजनिक स्थलहरुमा समेत सेनिटाईज गर्ने कार्य निरन्तर रुपमा भइरहेको बाइसीएल मोरङ जिल्ला उपाध्यक्ष राजिब लिम्बूले जानकारी दिनुभयो । दोस्रो चरणमा फैलिएको कोरोना रोकथामका लागि बाइसिएलले माक्स वितरण, सेनिटाईज गर्ने र सचेतना फैलाउने काम गरिरहेको बाईसिएल निर्वाचन समितिका केन्द्रीय सदस्य दिपक आले मगरले बताउनुभयो ।
सेनिटाईज गर्ने अभियान निरन्तर रुपमा अघि बढाइने वाईसिएल उर्लाबारीका अध्यक्ष देवेन्द्र खड्काको भनाई छ ।
ADVERTISEMENT