सरकारले रुकुमकाे चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ।

 


सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराए।कुमकाे चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ। सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए। घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए।त्यस्तै घाइते सबैको सरकारले निशुल्क उपचार गर्ने भएको छ। रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो।
सो क्रममा बिकसहित ६ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय