उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको पहलमा मोरङ व्यापार संघबाट प्राप्त ४५ थान राहत सामग्री आज वितरण गरिएको छ ।
लामो समयको लकडाउनबाट अति प्रभावित भएका हाटबजार तथा सडक किनारामा ब्यबसाय गर्ने ४५ जना ब्यबसायीहरुलाई संघका अध्यक्ष प्रितम खड्गीलगायतले राहत वितरण गर्नुभएको हो । ब्यवसायीहरुलाई समस्या पर्दा संघले हरेक तरिकाले साथ र सहयोग गरिरहेको अध्यक्ष खड्गीको भनाई छ । संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने, उपाध्यक्षहरु शेबहादुर भण्डारी, यामलाल रासाईली, महासचिब राम थापा, सचिब सम्झना खतिवडा, नेत्र आपागाईलगायतको सहभागीता रहेको थियो ।
ADVERTISEMENT