उर्लाबारी । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, उर्लाबारी
विरुवा रोप्ने कार्यक्रम गरेको छ ।
युवा संघ उर्लाबारी, २, ३, ४ र ७ नम्बर वडा शाखा कमिटीले विरुवा रोपेको हो । संघको केन्द्रीय कमिटीको सर्कुलर र जिल्ला कमिटीको निर्देशनमा असार १८ देखि साउन ७ गतेसम्म बृहत बृक्षरोपण गर्ने कार्यक्रम अन्र्तगत गरिएको संघका नगरअध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । वडा नम्बर २ को सुनपकुवा मावि, ३ को दुर्गा मावि, ४ को उर्लाबारी बहुमुखी क्याम्पस र ७ को राधिका माविमा बृक्षरोपण गरिएको हो । धुपी, कपुर, असोक,अम्बा लगायतका ३ सय ५० बढी बृक्ष रोपिएको थियो ।
ADVERTISEMENT