उर्लाबारी । नेपाली कांग्रेसको शुभेच्छुक संगठन बिपी अध्ययन प्रतिष्ठान नेपाल नगर समिति उर्लाबारीका पदाधिकारीहरुको आज पदस्थापन भएको छ ।
सो प्रतिष्ठानका नगर अध्यक्ष दिपक भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं.–१ का क्षेत्रिय सभापति खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष भट्टराईले उपाध्यक्ष प्रेमराज शर्मा र रोहित आचार्य, चन्द्र धिमाल सहितका २१ पदाधिकारीहरुलाई मनोनयन पत्र प्रदान गरी पदस्थापन गराएका थिए । समितिको सचिवमा सुजित सिह, सहसचिवमा जितेन लिम्बु र रोयल राई, कोषाध्यक्षमा रुजा गौतम तथा सदस्यहरुमा बिवेक कार्की, टंकप्रसाद अधिकारी, गिता अधिकारी, सुरेन्द्र शर्मा, बसन्त भूजेल, वसिम खान, प्रताप तामाङ, अनिल कार्की, पुकार बोहोरा, उमेश सुन्दास, निरज लुईटेल र भक्त दर्नाल मनोनय भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय