उर्लाबारी । उर्लाबारी नगरपालिकाले सञ्चार क्लब नेपालको भवन निर्माणका लागि पहलिो चरणमा १० लाख रुपैयाँ छुट्याएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको विशेष पहलमा भवन निर्माणका लागि नगरसभाबाट बजेट विनियोजन गरेको हो । उर्लाबारी वडा नं. ६ मा रहेको पाँच कट्ठा जग्गामा भवनसहित सामुदायिक भवन निर्माण गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । क्लबले नगरपालिकासँग समन्वय गरी चाँडै नै भवन निर्माणका विषयमा छलफल अघि बढाइने बताइएको छ । नगरसभामा उर्लाबारी वडा नं. ४ का वडा सदस्य कल्याण राईले सञ्चार क्लबको भवन निर्माणका लागि बजेट ब्यवस्थापन गर्न माग गर्नुभयो ।
ADVERTISEMENT